skip this farak Kura Pravakar

आइजिपीबाटै तोडियो चेन अफ कमान्ड

2.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए ।

गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिएका थिए ।

एआइजीमा शाहीभन्दा हरिबहादुर पाल वरिष्ठ थिए । त्यसअघि थापाले एआइजी प्रद्युम्न कार्कीलाई कार्यवाहक आइजिपी दिँदा पाल बिदामा बसेका थिए । प्रहरी संगठनमा ‘चेन अफ कमान्ड​​’ भंग हुने काम गर्नु आइजिपी थापाको कमजोरी हो ।

सुरक्षा निकायसम्बद्ध संगठनमा प्रमुखले वरीयतालाई उपहास गर्नुलाई संवेदनशील मानिन्छ । यस्तो व्यवहार हुँदा तल्लो तहसम्मकै अधिकृत र जवानमा निराशा जन्मिन्छ। यो समाचार नागरिक दैनिकमा छ ।

nijgadh-supermart-adz1200-630