चितवनको भरतपुरमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु
वि.सं.२०७९ साउन १५ आइतवार १०:३५
1.65K
shares

काठमाडौं । चितवनमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१६, लप्टनडाँडामा मोटरसाइकल पल्टिँदा २२ वर्षीय अनिल महतोको मृत्यु भएको हो ।
गए राति करिब पौने ११ बजे शिवघाटबाट लप्टनडाँडातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय अनिल महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
वि.सं.२०७९ साउन १५ आइतवार १०:३५

















