skip this

धादिङमा भासिएको पुल अझै बनेन, १२ बजेसम्ममा एकतर्फी भए पनि चलाइने

588 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। धादिङको गणेशखोलाको पुल अझै मर्मत सम्पन्न हुन सकेको छैन । हिजो देखी भासिएको पुल मर्मत हुन नसके पछि १८ घन्टा देखी सो पुल अबरूद्ध हुन पुगेको छ ।अपरान्ह १२ बजे भन्दा अगाडी कम्तिमा एकतर्फी भए पनि वाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिएका छन् ।

१८ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा हजारौं सवारी साधान हिजो देखी अलपत्र अवस्थामा रहन पुगेका छन । यद्धपी, गल्छी–नुवाकोट काठमाडौं र हेटौडा हुदैँ बाहिरिनका लागि त्रिभुवन राजमार्ग गरी दुईवटा बैकल्पिक बाटोवाट सवारी साधानलाई काठमाडौं भित्राउने र काठमाडौं बाहिरवाट अन्यत्र पठाउने कार्य भने जारी छ ।

nijgadh-supermart-adz1200-630