skip this hetauda tech

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा छ –तोषिमा कार्की

471 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गङ्गालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरूलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.तोषिमा कार्कीको भनाई छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको २७ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री कार्कीले अस्पतालका सेवाहरूलाई विकेन्द्रीकरण गरी प्रादेशिक स्तरमा पुर्याउनु अति आवश्यक देखिएको बताएकी छन् । गङ्गालाल अस्पतालका संस्थाहरू प्रादेशिक अस्पतालमा सेवा युनिटको रूपमा स्थापना सरकारले पहल गर्ने स्वास्थ्य राज्यमन्त्री कार्कीले बताइन् ।

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने स्वास्थ्य राज्यमन्त्री कार्कीले बताइन् । स्वास्थ्य राज्यमन्त्री कार्कीले १५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तारित गर्दै सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने जिकिर गरेकी छन् ।

nijgadh-supermart-adz1200-630