skip this

कालापानी, लिम्पियाधुरा र लिपुलेकको जनगणना किन गरिएन ?–शेरबहादुर कुँवर

867 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सांसद् शेरबहादुर कुँवरले जनगणनामा २०७८ मा कालापानी, लिम्पियाधुरा र लिपुलेकको जनगणना छुटेको भन्दै जवाफ माग गरेका छन्। आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले धेरै चर्चा भइरहेकै क्षेत्रको जनगणना नहुनुले राम्रो सन्देश नजाने बताएका छन् ।

उनले भने, ‘यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु। जबकि सन् २०१८ सालमा नै जनगणना भएको थियो। यसपल्ट त्यहाँ गणना किन किन छुटेको हो ?’
उनले त्यसबारे सम्बन्धित निकायको जवाफ समेत सभामुखमार्फत् माग गरेका हुन ।

nijgadh-supermart-adz1200-630