skip this

ताप्लेजुङमा खुर्पा प्रहार गरि श्रीमान्‌ले गरे श्रीमतीको हत्या

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपालमा दिनानुदिन महिलाहर घरेलु हिंसाको सिकार भैरहेका छन् । ताप्लेजुङमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छी माया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो ।

घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छी मायालाई खुर्पा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो ।श्रीमान्‌लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

nijgadh-supermart-adz1200-630