skip this

बर्षाका कारण पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । केही दिनदेखि निरन्तर परेको अविरल बर्षाका कारण पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।चितवनको इच्छा कामना गाउँपालिका–५ मा रहेको खहरे खोलामा पहिरो आएर नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान ढुंगा र माटोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधनको जाम पनि बढ्न थालेको छ ।

nijgadh-supermart-adz1200-630