महाभियोग सिफारिस समितिले १५ भदौमा चोलेन्द्रसँग सोधपुछ गर्ने
वि.सं.२०७९ भदौ ८ बुधवार १६:४३
705
shares

काठमाण्डौं– प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ ।
बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।
महाअभियोग सिफारिस समितिले बुधबार पारित गरेको कार्यतालिकामा १५ भदौको विहान ११ बजे जबरालाई सोधपुछका लागि बोलाउने उल्लेख छ ।
त्यसअघि ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ ।
समितिले अध्ययन सकेर १८ वा १९ भदौमा प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको ज्येष्ठ सदस्य विष्टले बताए ।
वि.सं.२०७९ भदौ ८ बुधवार १६:४३
















