skip this farak Kura Pravakar

न्याय परिषद्ले २७ न्यायाधीशका लागि आवेदन माग्यो

2K shares
oil-nigam-amlekhgunj-adv.jpeg


काठमाडौं । न्याय परिषद्ले २७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग गरेको छ । बुधबार सूचना प्रकाशित गरी परिषदले योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।सूचनाअनुसार संविधानको धारा १४० को उपधारा ९२० बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ को अनुसूची–१ बमोजिम स्वघोषणा पत्र समेत संलग्न गरी आवेदन दिन सक्नेछन् ।

यसैगरी, कानुन व्यवसायीमध्येबाट आवेदन दिन चाहनेहरूले निर्देशिकाको दफा ५ उपदफा ९२० को ९ग० बमोजिम १० वर्षको कम्तीमा वार्षिक पाँचवटा फैसला वा आदेशका दरले कम्तीमा एक सय फैसला वा अन्तिम आदेशको प्रतिलिपि र तीन वर्षको कानुन व्यवसायबाट आर्जित आयमा कर तिरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा कानुन र न्यायको क्षेत्रसँग सम्बन्धित विषयमा प्रकाशित कम्तीमा १० वटा अनुसन्धानमूलक लेख तथा रचना अनिवार्य पेस गर्नुपर्ने परिषद्ले जनाएको छ ।

nijgadh-supermart-adz1200-630