प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
वि.सं.२०७९ पुस २५ सोमवार १२:४०
864
shares

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने राष्ट्रिय स्वतन्त्र पार्टीले भएको छ। आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने र अन्य दललाई पनि मत दिन आह्वान गर्ने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिएका छन् । बैठकमा विश्वासको मत दिनुको विकल्प नभएको बताइएको छ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री एवम् पार्टी सभापति लामिछानेले सम्बोधन गर्ने उनले बताएका छन्।रास्वपाले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ।उनले दलको उपनेता, प्रमुख सचेतक चयन हुन बाँकी रहेकाले विधान बमोजिम केही दिनभित्रै पूरा जानकारी दिएका छन् ।
वि.सं.२०७९ पुस २५ सोमवार १२:४०















