skip this farak Kura Pravakar

परंपरागत राजनीतिले हामी जनतमा जानसक्ने अवस्थामा छैनौँ –प्रधानमन्त्री दाहाल

855 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । परंपरागत राजनीतिले जनतामा जानसक्ने अवस्था नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।प्रतिनिधिसभाको पहिलो बैठकमा संबोधन गर्ने क्रममा रोष्ट्रममा उभिएका प्रधानमन्त्री दहालले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन नसके संसदको भूमिकामा पनि प्रश्न उठ्ने बताएका छन् ।

“जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ वा सक्दैनौ, त्यसमै यो संसदको सार्थकता निर्भर हुनेछ,” प्रधानमन्त्री दाहालले भने, “परंपरागत राजनीतिले हामी जनतमा जानसक्ने अवस्थामा छैनौँ । हामी हामी निरन्तर जनताको निगरानीमा छौँ ।”

त्यस्तै उनले विविधताबीचको एकतारुपी संसद् विरलै देख्न पाउने भन्दै नेपालको संसद्प्रति वर्ग गर्नुपर्ने बताएका छन् । सङ्घीय अधिवेशनको पहिलो बैठकमा आज सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन ।

उनले बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा विविधता नै नेपालको पहिचान र शक्ति भएको बताएका छन् । उनले संसद् बैठकमा सांसदहरूले लगाउनुभएको पहिरन र पोसाकले नेपालको पहिचान झल्काएको चर्चा गरेका छन् ।

nijgadh-supermart-adz1200-630