नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव गर्नुपर्छ– सांसद परियार
वि.सं.२०८० जेठ १ सोमवार १४:०६
738
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव गर्नु पर्ने जनाएका छन् । नेपाल र नेपाली राजनीतिलाई लज्जाबोध गराएकाले सरकारले त्यसलाई लज्जाबोध मानि खेद प्रस्ताव पास गर्नुपर्ने बताएका हुन् ।
‘नेपाली राजनीतिलाई लज्जित बनाएको सो घटनाका बारेमा नेपाल सरकारका गृहमन्त्रीलाई अनुसन्धान कहाँ पुग्यो ? त्यसको जानकारी सदनलाई गराउन आग्रह गर्दछु,’ प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले भने, ‘साथै, यो घटना प्रति लज्जाबोध गरेर खेद प्रस्ताव पास गर्न अनुरोध गर्दछु ।’
वि.सं.२०८० जेठ १ सोमवार १४:०६

















