skip this

शरणार्थी प्रकरणमा संलग्न आरोपीले मोबाइल फर्म्याट गर्ने मौका किन पाइराखेको छ : मनिष झा

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरुले योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रश्न उठाएका छन्।

आज प्रतिनिधिसभामा आकस्म्कि समय लिएर उनले भने, ‘हाम्रो देशमा ठूलो अपराध, देशद्रोही र भ्रष्टाचारको विषय छ। शंकास्पदहरुको नाम आउँछ। उनीहरुलाई आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइराखेका छन्। केही त फरार पनि छन रे । यस्तो किन हुन्छ ?’

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने उनको भनाइ छ । प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले तारन्तर भेटिरहेको भन्दै उनले यसमा पनि प्रश्न उठाएका छन् ।

nijgadh-supermart-adz1200-630