skip this

भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सुर्खेतमा भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्।

भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानीवगर घाट भेरी नदीमा नुहाउने क्रममा शनिबार तीन बालबालिका बेपत्ता भएका हुन्।

शनिबार साँझ नुहाउने क्रममा उनीहरू बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा छन्।

बेपत्ता बालबालिकाको नेपाल प्रहरी सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन्।

nijgadh-supermart-adz1200-630