skip this

सुनसरीमा भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते

921 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुनसरी- सुनसुरीको रामधुनि नगरपालिका–२ मा हिजो बेलुकी म्याजिक भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटर चालक रामधुनि नगरपालिका–१ का १८ वर्षीय सिद्धार्थ चौधरी, स्कुटरमा पछाडी सवार १९ वर्षीय प्रशान्त चौधरी र १८ वर्षीय किरण चौधरी रहेका छन् ।

घाइते मध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विराटनगर स्थित न्यूरो अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

को १ ज ३०४३ नम्बरको म्याजिक भ्यान र प्रदेश १–०२–०४८ प २९५३ नम्बरको स्कुटर हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए ।

दुवै सवारी साधन सहित भ्यान चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630