skip this farak Kura Pravakar

विकल स्मृति जुनियर कप फुटबल प्रतियोगिता : यस्तो छ टाईसिट ! पहिलो खेल वडा नं. १ र ९ भिड्ने

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा भोली बैशाख २२ उद्घाटन हुने प्रथम विकल स्मृती जुनियर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

निजगढ नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको समन्वयमा हुने प्रतियोगितामा नगरका १३ वटै वडाका टिमको सहभागिता रहने प्रतियोगिता उद्घाटन खेलमा वडा नं. १ र ९ भिड्ने भएका छन् ।

यसअघि प्रतियोगिताको तयारीको विषयमा शनिवार निजगढ नगरपालिका भवनमा पत्रकार सम्मेलनमा आयोजना गरेर जानकारी गराईएको थियो । मेयर सुरथ पुरीले पहिलो पटक आयोजना गरेको प्रतियोगिताले दिवंगत खेलाडीप्रति सम्मान र नयाँ पुस्ताका खेलाडीलाई अगाडी बढ्न प्रेरित गर्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा उपमेयर सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र अर्याल, प्रशासन प्रमुख जीवन गौतम, खेलकुद शाखा प्रमुख उत्तम लामिछाने, स्व. विकलका आमा–बुवालगायत खेलकुद विकास समितिका सदस्य एवं निजगढ फुटबल क्लबका पदाधिकारी सहभागि थिए ।

प्रतियोगितामा १६ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।

कुल ५ लाख रुपैयाभ्को लागतमा संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजारसहित ट्रफी र प्रमाणपत्र, दोश्रो हुने टिमले नगद ३१ हजार रुपैयाभ्सहित ट्रफी र प्रमाणपत्र तथा बिधागत तर्फ उत्कृष्ट खेलाडी तथा प्रत्येक दिन ‘म्यान अफ द म्याच’ ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

मकवानपुरको सिस्नेरीस्थित वत्सलादेवी माविमा संचालित एन्फा ट्रेनिङ सेन्टरमा प्रशिक्षणरत निजगढ–८ का विकल रेग्मीको गत असोज १२ गते पहिरोले पुरिएर निधन भएको थियो।

रेग्मीको निधनपछी आयोजित शवयात्राका क्रममा निजगढ नगर प्रमुख सुरथ पुरीले उनको सम्झनामा नगरले वर्षेनी जुनियर कप फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका थिए ।

उनै रेग्मीको सम्झनामा नगर खेलकुद विकास समितिले प्रतियोगिता संचालन गर्न लागेको हो । उक्त पहिरोमा परि रेग्मीसहित अन्य ६ किशोर खेलाडीको निधन भएको थियो ।

यस्तो छ खेल तालिका :

nijgadh-supermart-adz1200-630