skip this farak Kura Pravakar

आज समानुपातिक प्रणालीमार्फत निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिदै

777 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिने भएको छ ।प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित भएकाहरुलाई भने सम्बन्धित जिल्लामै प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० गरी ८ सय २५ सदस्यहरु निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फको प्रमाणपत्र आज प्रदान गरेपछि अधिकांश राजनीतिक दलहरुले अब संसदीय दलको नेता चयन गर्ने प्रकृया सुरु गर्ने भएका छन् ।निर्वाचनको सम्पूर्ण प्रकृया पूरा भएर सदस्यहरु समेत चयन भइसकेको अवस्थामा दलहरु संसदीय दलको नेता चयन गर्नेदेखि सरकार गठनका लागि गृहकार्य गरिरहेका छन् । यता संसद सचिवालयले सर्वदलीय बैठकको सहमतिपछि संसद अधिवेशन सुरु गर्ने जनाएको छ ।कार्यव्यवस्था परामर्श समिति समेत नभएको अबस्थामा संसद सचिवालयले सर्वदलीय सहमतिका आधारमा संसद अधिवेशन सुरु गर्ने तयारी गरेको हो ।

nijgadh-supermart-adz1200-630