skip this

आज राष्ट्रिय सभाको बैठक बस्दै,यस्ता छन् मुख्य एजेण्डा

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज राष्ट्रिय सभाको तेह्रौँ अधिवेशनको आठौँ बैठक बस्दैछ। आज अपराह्न ४ बजेका लागि बैठक बोलाइएको छ।आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९–०८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन्। यस्तै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८ –०७९ सभा समक्ष पेश गर्नेछन्।

यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको आ.व.२०७५–०७६, ०७६–०७७ –०७७–०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९” सभा समक्ष पेश लगायतका गर्ने कार्यसूची छन् ।

nijgadh-supermart-adz1200-630