skip this

आज गएको भूकम्पबाट भोजपुरमा २ र खोटाङमा १ घर भत्किए

2.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घरमा क्षति भएको छ।भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो। त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ।घर भत्किए पनि मानवीय क्षति भएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार आज बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। विपद् व्यवस्थापनका निकायहरु नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस सोसाइटीलगायत सतर्क अवस्थामा रहेको खोटाङ प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले जानकारी दिए।

nijgadh-supermart-adz1200-630