skip this

मधेसमा टुर प्याकेज तथा टिकेटिङ्ग तालिम सुरु (भिडियोसहित)

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मधेस प्रदेशमा टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग सम्बन्धी ४ दिने तालिम सुरु भएको छ ।

‘समृध्दि र रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै पर्यटनको प्रचुर सम्भावना रहेको मधेसमा पहिलाे पटक नाट्टा मधेस प्रदेशको आयोजनामा बाराको सिमरामा तालिम सुरु भएको हो ।

नाट्टा केन्द्र र युएनडीपीको सहकार्य एवं नाट्टा मधेस प्रदेशको आयोजनामा सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा भएको तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले गमलाको विरुवामा जल सिञ्चित गरी उद्घाटन गरेका छन् ।

मेयर पौडेलले पर्यटन प्रवद्र्धनका लागि बाराको अमलेखगञ्ज, पथलैया, हलखोरिया दह, सहजनाथ मन्दिर, शक्ति झर्ना लगायतलाई सम्बद्र्धन गर्न जरुरी रहेको बताए ।

https://www.facebook.com/faraknepaltv/videos/667213738122079

उनले अमलेखगञ्जलाई पर्यटन भिलेजको रुपमा विकास गर्न नीति तथा कार्यक्रममा समावेश गरेको, पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतीय बाल्मिकी टायगरसँग जोडिएको पर्सा ठोरीको ब्रम्हनगर, खुला चिडियाखाना निर्माण लगायतमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

यसैगरी नाटा मधेस प्रदेश सल्लाहकार एवं वरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले मधेश प्रदेशमा भएका बाराको पर्सा राष्ट्रिय निकुञ्ज, विश्वप्रसिद्ध महागढीमाई मन्दिर, सिम्रौनगढ क्षेत्र, सर्लाहीको भरतताल, धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर मन्दिर, सखरा मन्दिरलगायतका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि प्याकेजिग र टिकेटिँगको व्यवस्थापन गर्ने लगायतका कुरामा ध्यान दिनुपर्ने बताए ।

उनले भारतीय पर्यटक, बाह्य मुलुकबाट नेपाल आउने पर्यटक र आन्तरिक पर्यटकका लागि उचित मार्गदर्शन गर्न होटल र पर्यटनवीचमा पुलको काम गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने भएकोले पनि यस्ता तालिम महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नाटा गण्डकी प्रदेशका पूर्व अध्यक्ष ओमप्रकाश पाण्डे, सिमरा कलेज प्रमुख शालिकराम अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

टुर प्रोडक्ट डेभ्लपमेन्टका प्रशिक्षक तथा मधेश प्रदेश अन्तरगतका विभिन्न टुर एण्ड ट्राभलका प्रशिक्षार्थीलाई नाटा केन्द्रीय कार्यसमितिका सदस्य श्रद्धा जोशीले प्रशिक्षण दिई रहेकी छिन् ।

उनले पर्यटन व्यवसायमा आफूहरुसँग रहेका जनशक्तिलाई व्यवहारिक सिप प्रदान गर्नका लागि यस्ता तालिमको प्रभावकारी हुने बताईन् । उनले पर्यटन व्यवसायीलाई मधेस प्रदेशमा भएका पर्यटन गन्तव्यहरु अन्तराष्ट्रिय स्तरमा चिनाउन सक्ने र वाह्य र आन्तरिक पर्यटनलाई व्यवस्थित र व्यवसायमूलक बनाउन सक्ने उद्देश्यले रहेको बताईन् ।

https://www.facebook.com/faraknepaltv/videos/3223212807890491

nijgadh-supermart-adz1200-630