skip this

पार्टी परिवर्तन गर्ने प्रवृत्तिप्रति एमाले जीतपुरसिमरा नगर अध्यक्ष ठकुरीको व्यंग्य

3.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (एमाले) जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक शाह ठकुरीले पछिल्लो समय पार्टी छाड्ने नेताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन् ।

अध्यक्ष ठकुरीले टिकट नपाएको वा हालीमुहाली गर्न नपाएको झोकमा केही व्यक्तिहरूले विगत २–३ वर्षदेखि एमाले छाडेको आरोप लगाउँदै आएका व्यक्तिहरू नै अहिले २–३ दिनमै पार्टी परित्याग गरी आफूलाई ठूला समाजसेवी र क्रान्तिकारीको रूपमा प्रस्तुत गर्दै अन्य पार्टीमा गएको देखिएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “एमाले नै नयाँ पार्टीहरूलाई नेता दिने पार्टी बनेको छ। एमालेले लाखौँ नेता–कार्यकर्ता उत्पादन गरेको कारखाना हो। तर त्यही कारखानाबाट निस्किएका २–४ जनालाई मात्र राम्रो र बाँकी सबैलाई खराब देख्ने तत्वहरू पनि यही समाजका अंग हुन् ।”

ठकुरीले अन्य पार्टीहरूमा गएका नेताहरूलाई ‘महादेव भगवान आएझैँ स्वागत गरिएको’ भन्दै व्यंग्यसमेत गरेका छन्। साथै, उनले एमालेप्रति माया, विश्वास र शुभेच्छा राख्ने नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूलाई ढुक्क रहन आग्रह गर्दै एमाले जनताको पक्षमा मैदानमै सक्रिय रहेको स्पष्ट पारेका छन् ।

उनले अन्त्यमा एमालेप्रतिको विश्वास र मायालाई समाजमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630