skip this

सवारी दुर्घटनामा दुई न्यायाधीश गम्भीर घाइते, मेडिसिटी अस्पतालमा उपचार हुँदै

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। गत आइतबार सडक दुर्घटनमा परेका सिराहा जिल्ला अदालतका दुई न्यायाधीश ध्रुव उप्रेती र पुष्पराज थपलियाको अवस्था गम्भीर छ।

गत आइतबार जनकपुरबाट सिराहा जानेक्रममा धनुषाको वीरेन्द्र बजारमा न्यायाधीशद्वय सवार कार विंगर गाडीसँग ठोक्किँदा न्यायाधीशद्वव उप्रेती र थपलिया गम्भीर घाइते भएका थिए।

हाल उनीहरुको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरु दुवैको अवस्था गम्भीर रहेको छ।

दुर्घटना लगत्तै ध्रुव उप्रेती बेहोश भएका थिए। अहिलेसम्म पनि उनको होस खुलेको छैन। अर्का न्यायाधीश थपलियाको पनि भेन्टिलेटरमा उपचार भइरहहेको छ।

गत आइतबार दुवै जना न्यायाधीश काठमाडौंबाट जहाजमा जनकपुर गएका थिए। त्यहाँबाट स्थलमार्ग हुँदै सिरहा जाने क्रममा धनुषाको वीरेन्द्र बजारमा दुर्घटनामा परेका हुन्। लगत्तै उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। सो दुर्घटनामा सवारी चालकलाई भने सामान्य चोट लागेको छ।

nijgadh-supermart-adz1200-630