skip this farak Kura Pravakar

कैलालीमा खतरा लेखेर राखिएकाे प्रेसर कुकरभित्र चार तोला सुन फेला

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । कैलालीको नवीन साहुको घरअगाडि खतरा लेखेर सडकमा शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकरभित्र गहना फेला परेको छ ।

मंगलबार बिहान जिल्लाको गोदावरी नगरपालिका-१ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन् ।

नवीन साहुको घरको गेटअगाडि नै शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई जानकारी दिए । उक्त कुकर डिस्पोज गर्दा त्यसभित्र सुनका गरगहनाहरु फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

सो प्रेस कुकरभित्र चार तोला सुन फेला परेको प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।

भने त्योसँगै कुकरमा एउटा पत्र समेत फेला परेको प्रहरीले जनाएको छ । पत्रमा नवीन साहुलाई घमण्ड नगर्न र सबैसँग मिलेर बस्न सुझाव दिइएको छ । वास्तवमा उक्त ८ तोला सुन र नगद शाहुको घरबाट गत मंसीर १४ गते चोरी भएको थियो ।

उनका दम्पती काठमाडौं गएका बेला घरमा लगाएको ताल्चा, ढोका र दराज तोडेर झुम्का, औंठी, हार, तिलहरीलगायत ८ तोलाभन्दा बढी सुनका गरगहना चोरी भएको निवेदनमा उल्लेख छ ।

तर आज उनै चोरले त्यो सुन र नगद फिर्ता गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

nijgadh-supermart-adz1200-630