पथरीशनिश्चरे र सुन्दरहरैँचामा भएका दुर्घटनामा परि २ जनाको मृत्यु
वि.सं.२०७९ असार ८ बुधवार ०७:३३
864
shares

काठमाडौं । गएराति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचामा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ मा मोटरसाइकलको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पथरीशनिश्चरे–२ की ५० वर्षीया विमला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै सुन्दरहरैँचा नगरपालिका–११ मा मोटरसाइकलबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को३३प ४२३१ नम्बरको मोटरसाइकलबाट लडेर स्थानीय ३० वर्षीय देवकुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
वि.सं.२०७९ असार ८ बुधवार ०७:३३

















