skip this

करेन्ट लागेर दुई जनाको मृत्यु

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौं र नुवाकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ धनगाँउस्थित नयाँ बन्दै गरेको घरमा काठको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली घर भएका ४० वर्षीय तुल बहादुर तामाङ रहेका छन् । उनको मंगलबार मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातोमाटेस्थित श्री हिरा टेक्सटाईल कपडा फ्याक्ट्रीमा ट्रर्स पाईप वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे घर भएका २३ वर्षीय राज तामाङ छन् । उनको मंगलबार मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अम्बे भरोसा अस्पताल गल्छीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

nijgadh-supermart-adz1200-630