skip this farak Kura Pravakar

बारा १ मा उमाकान्त चौधरी झन् बलियो ! एमालेबाट कसले दिन्छ टक्कर ?

5.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–संघीय निर्वाचनको लागि बाराको क्षेत्र नं. १ खानेपानी मन्त्री उमाकान्त चौधरीको क्षेत्र हो । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका चौधरी २०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार अच्युत मैनालीलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

२०५६ मा निर्वाचन क्षेत्र नम्बर १ र २०६४ को संविधानसभाको निर्वाचन ५ बाट चुनाव जितेका चौधरीले २०७४ को निर्वाचन जित्दै ह्याट्रिक पुरा गरेका थिए ।

बाम गठबन्धनले देशभर राम्रो नतिजा ल्याउँदा टक्कर दिएर जीत निकालेका चौधरी चौथो पटक संसद पस्ने तयारीमा छन् । पार्टीको सहमहामन्त्री, खानेपानी मन्त्री र जिल्लामा बढ्दो प्रभावका कारण चौधरीलाई टिकटको समस्या छैन । उनलाई टक्कर दिने अर्को नेता यो क्षेत्रमा नहुनु र बलियो उम्मेदवारका रुपमा रहेकाले कांग्रेसले चौधरीलाई नै टिकट दिने पक्कापक्की छ ।

माओवादीको साथ पाउने भएपछि चौधरीलाई चुनाव जित्न अझ सहज हुने देखिएको छ । प्रदेश ‘क’ माओवादीका उम्मेदवारलाई अघि सारेर गठबन्धन अघि बढ्यो भने जित निश्चित हुने नेकपा (माओवादी केन्द्र) निजगढ नगर अध्यक्ष सन्तोष दंगाल बताउँछन् । ‘गठबन्धनलाई कार्यान्वयन गर्न प्रदेश उम्मेदवारमा मिलाएर जानुपर्छ,’ उनले भने–मनोवैज्ञानिक रुपमा समेत एक हुनका लागि पार्टीको उम्मेदवारको खोजि हुन्छ । त्यसैले पनि प्रदेशमा उम्मेदवार मिलाउन आवश्यक छ ।

प्रदेशका उम्मेदवार सिफारिस गरेको कांग्रेसले संघीय निर्वाचनको भने अझैं गरिसकेको छैन । कांग्रेस बाराका सभापति राजेश राय यादबले बारा १ को उम्मेदवार सिफारिस भईनसकेको बताए । ‘केहि क्षेत्रको नाम आएको छ ,’ उनले भने–४ वटै क्षेत्रको उम्मेदवारको नामको सिफारिस आजै सिफारिस हुन्छ ।

समिकरण फेरियो

पाँच वर्षपछि राजनीतिक समिकरण फेरिएको छ । बाम गठबन्धनमा रहेको माओवादी अहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा छ । त्यसैगरि तत्कालिन फोरम–राजपा गठबन्धनको जसपा पनि सत्ता गठबन्धमा रहदाँ एमाले एक्लो भएको छ । यो पटक एमाले, लोसपा र राप्रपा एक्ला एक्लै लड्ने तयारीमा छन् ।

कसले दिन्छ टक्कर ?

एमालेबाट कसले टिकट ल्याउछ पक्का भएको छैन् । एमालले मैनालीलाई दोहो¥याउँछ कि अर्का नेता पुरुषोत्तम पौडेल वा अर्को तेस्रो पात्रको खोजि गर्दैछ ? त्यो एक दुई दिनभित्र सार्वजनिक हुनेछ ।

जसपाले रामबाबु प्रसाद कुशहवा र मानिष यादबको नाम सिफारिस गरेको छ । २०७४ मा फोरम–राजपा गठबन्धनका रामकिशोर यादव उम्मेदवार थिए ।

त्यसैगरि राप्रपाले गिरिधारी चौधरीको नाम सिफारिस गरेको छ । राप्रपाले प्रदेश क मा भने विनोद भारती, खड्ग प्रसाद उप्रेती र राजेन्द्र मैनालीको नाम सिफारिस गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले भने अझैं उम्मेदवारको नाम सिफारिस गरेको छैन् । नेकपा माओवादीका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समितिका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलले सिफारिस भइनसकेको जानकारी दिए । उनले अध्यक्ष प्रचण्डको निर्देशनात्मक भेलापछि उम्मेदवारको सिफारिस गर्ने तयारी रहेको जनाए । प्रदेशभित्रका केन्द्रीय सदस्यको उपस्थितिमा सोमबार जनकपुरमा हुने भेलामा अध्यक्ष प्रचण्ड आउने कार्यक्रम रहेको छ ।

स्वतन्त्र उम्मेदवारी

यो क्षेत्रबाट डा. राकेश न्यौपानेले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेका छिन् । २०७४ साल देखी बाबुराम भट्टराईको स्वास्थ्य सल्लाहकारको रुपमा काम गरेका डा. न्यौपाने काठमाडौंका बिभिन्न अस्पतालमा समेत काम गरिसकेका छन् ।
त्यसैगरि व्यवसायि सन्तलाल श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

nijgadh-supermart-adz1200-630