skip this farak Kura Pravakar

बारा क्षेत्र नं. ४ मा आम जनता पार्टीले दियो उमेश कुशवाहलाई टिकट

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-आम जनता पार्टीका नेता उमेश कुशवाहले बारा प्रतिनिधिसभा क्षेत्र नं. ४ बाट उम्मेदवारीका लागि आधिकारिक टिकट प्राप्त गरेका छन् ।

आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि शुभकामना सहित कुशवाहलाई टिकट दिएका हुन् ।

पार्टीका मधेस प्रदेश अध्यक्ष समेत रहेका कुशवाहलाई पार्टी नेतृत्वको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै उम्मेदवार बनाएको हो ।

उम्मेदवार कुशवाहले बारा क्षेत्र नं. ४ का सम्पूर्ण मतदाता आम नागरिकलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन विशेष अपिल गरेका छन् । उनले पार्टीको चुनाव चिन्ह ‘मोबाइल’ मा मतदान गरी जनसेवाको अवसर प्रदान गर्न आग्रह गरेका छन् ।

उमेश कुशवाहले जनताको हक–अधिकार, सुशासन र समग्र क्षेत्र विकासका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै आम नागरिकको साथ, सहयोग र समर्थन अपेक्षा गरेका छन् ।

nijgadh-supermart-adz1200-630