skip this

जिल्ला समन्वय समिति बाराको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

4.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । जिल्ला समन्वय समिति (जिसस) बाराको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

जिसस प्रमुखमा एमालेका नरेन्द्र कुमार साहले २० मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए ।

उउनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामदेयाल महतोले ९ ल्याए ।

त्यसैगरी उपप्रमुखमा एमालेका चण्डिका उप्रेतीले १७ मत प्राप्त गरी निर्वाचित भईन् भने गठबन्धनका तर्फबाट जनता समाजवादी (जसपा)का पवनकुमार ब्याहुतले १५ मत प्राप्त गरे ।

त्यसैगरी, जिसस सदस्यहरूमा पुरुषतर्फ जसपाका ३ जना, महिलातर्फ लोकतान्त्रिक समाजवादी (लोसपा)का १ जना, एमालेका, २ जना र दलित तथा अल्पसङ्ख्यकबाट १ जना लोसपाको सदस्य निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

समन्वय समितिको निर्वाचनमा ९ वटा पदका लागि प्रमुख, उपप्रमुख र सदस्यहरु गरी २२ जनाले उम्मेदवारी दिएका थिए ।

जिससको निर्वाचनमा ३२ मत खसेकोमा ३ मत भने बदर भएको थियो ।

nijgadh-supermart-adz1200-630