बलात्कारकाे आरोप लागेका एमाले सांसद बानियाँबिरुद्धकाे अनुसन्धान कहाँ सम्म पुग्याे? यस्ताे भन्छ प्रहरी
शिक्षिका शाही बलात्कार प्रकरण
वि.सं.२०७८ फागुन ३० सोमवार १८:०४

काठमाडौं । प्रहरीले बलात्कारको आरोप लागेका एमालेका नेता तथा मुगुका निलम्बित सांसद मोहन बानियाँ र पीडित महिलामाथि अनुसन्धार गरेर प्रतिवेदन तयारीको काम थालेको छ ।
फरक नेपाल डटकमसंग कुरा गर्दै बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले भने, दुवै पक्षको बयान लिने काम सकिएको र अदालतले दिएको चैत ३ गतेसम्मको म्यादमा प्रतिवेदन बुझाइसक्नेगरी काम भइरहेको जानकारी दिए ।
त्यतिबेलासम्म पनि प्रतिवेदन तयार नभए पुन: म्याद थप हुने उनले बताए ।
बाँके प्रहरीमा २४ माघमै जुम्लाकी शाही थरकी शिक्षिकाले माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी दिएकी थिइन्।
त्यसपछि अदालतको आदेशअनुसार प्रहरीले बानियाँलाई पक्राउ गरेको थियो ।
बलात्कारको मुद्दा दर्ता भएपछि फागुन २२ गतेको प्रतिनिधिसभा बैठकले बानियाँलाई सांसद पदबाट निलम्बन गरेको थियो ।
याे पनि…
बलात्कारकाे आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ
बलात्कारकाे आरोपमा पक्राउ परेका एमाले सांसदमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
शिक्षिका शाही बलात्कार प्रकरण : यस्ताे छ २५ लाखको अङ्कगणित
शिक्षिका शाही बलात्कार प्रकरण : एमाले सांसद बानियाँविरुद्धको बलात्कार मुद्दा दर्ता
एमाले पूर्वमन्त्री बानियाँविरुद्ध बलात्कारको मुद्दा दर्ता गर्न बाँके प्रहरीको आलटाल
सांसद मोहन बानियाँद्वारा शिक्षिका बलात्कृत
वि.सं.२०७८ फागुन ३० सोमवार १८:०४

















