skip this

बलात्कारकाे आरोपमा पक्राउ परेका एमाले सांसदमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

२५ लाखको चेक रकम दिन भनेर होटलमा बोलाएर राखेर जबरजस्ती करणी गरेको आरोप

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रुपन्देही । जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरि अनुसन्धान अगाडि बताइएको जनाएको छ ।

माघ २७ गते जिल्ला प्रहरी बाँकेमा बानियाविरुद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी परेसँगै प्रहरीको सूचीमा बेपत्ता रहेका थिए ।

५ दिनअघि प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

सांसद बानियाले नेपालगञ्जको होटलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

त्यसपछि सांसद बानियाविरुद्ध पक्राउ पुर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पीडित महिलाले सांसद बानियाले दिनुपर्ने २५ लाखको चेक रकम दिन भनेर होटलमा बोलाएर राखेर जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

सांसद बानियाले भने आफूलाई फसाउन फरक राजनीतिक समूहले गलत आरोप लगाएको बताउँदै आएका छन् ।

बलात्कारकाे आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

nijgadh-supermart-adz1200-630