skip this

इसेवा प्रयोगकर्ता अधिवक्तादेखी पत्रकारसम्म पीडित, इसेवाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

5.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपालको पहिलो वालेट कम्पनी इसेवा विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

अधिवक्ता तीर्थराज भट्टराईले डिजिटल भुक्तानी प्रदायक कम्पनी इसेवा विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका हुन् ।

इसेवाले विभिन्न बहानामा करिब २ महिना आफ्नो रकम होल्ड गरेको र त्यसको क्षतिपुर्तीको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको अधिवक्ता भट्टराईले जानकारी दिए ।

उनले भने, “म इसेवा प्रयोगकर्ताको रकम विभिन्न इररको बहानामा करिब २ महिना होल्ड गरियो ।

त्यो बीचमा धेरै पटक इसेवालाई फ्लो अप गरेर बल्लतल्ल मेरो रकम फिर्ता भयो ।”

आफ्नो रकम ढिला गरि फिर्ता भएपछि क्षतिपुर्ति दिनुपर्ने उनले माग गरेका थिए । तर त्यसको सुनवाई नभएपछि अदालतसम्म धाउनु परेको उनले बताए । इसेवाले उपभोक्ताको अधिकार हनन गरेको अधिवक्ता भट्टराई बताउँछन् ।

“यसरी इसेवाले आफ्नो अकर्मण्यताका कारण मेरो रकम होल्ड गर्नु उपभोक्ता अधिकारको विरुद्ध भएको र मलाई हानी नोक्सानी भएको कारणले मनासिब क्षतिपुर्ती माग गर्दै इसेवालाई कानुनी सूचना समेत पठाए ।”

उनले भने “नेपाल राष्ट्र बैंकमा पनि उजुरी दर्ता गराएको थिए, तर कही कतैबाट मेरो क्षतिपुर्तीको मागको सुनवाई नभएपछि मैले क्षतिपुर्तीको माग सहित मिति २०७८।११।३० मा इसेवा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छु।”

इसेवाले विभिन्न बहानामा रकम होल्ड गर्ने सामान्य जस्तै भएको छ । अधिकांश इसेवा प्रयोगकर्ता इसेवाको उक्त लापरवाहीले गर्दा पीडित भएको उनले बताए ।

उनले समग्र प्रयोगकर्ताको उपभोक्ता अधिकारको संरक्षण होस् र उपभोक्ता सचेतना वृद्धि होस् भनेर मुद्दा दर्ता गराएको बताए ।

यस्ता गल्ती गर्नेले कानूनको अभावमा आफ्नो दायित्वबाट उन्मुक्ति नपाओस् भनेर उक्त मुद्दा दर्ता गराएको उनको भनाई छ ।

यसैगरी  इसेवाले फरक नेपाल डटकमका अध्यक्ष तथा सह सम्पादक समेत रहेका महेश्वर अधिकारी र फरक नेपाल डटकमका समाचार डेक्स सम्पादक गणेश बिककाे समेत इसेवाले विभिन्न बहानामा रकम होल्ड गरी दिएकाे थियाे, यस्ता कयाैं इसेवा प्रयोगकर्ताहरु पीडीत भएका छन् ।

nijgadh-supermart-adz1200-630