चौतर्फी घेराबन्दीबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भयो–शंकर पोखरेल
वि.सं.२०७९ पुस ३ आइतवार १५:४४

काठमाडौं। चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्।आज एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखरेलले समानुपातिकतर्फ कांग्रेसको तुलनामा एमालेले धेरै मत पाएको बताएका हुन।
महासचिव पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएकाले पर्ख र हेरको पक्षमा रहेको उल्लेख गरेका छन्। एमाले धेरै जिल्लामा क्लीन स्वीप गर्ने पार्टी बनेको पोखरेलको तर्क छ। अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध घेराबन्दी गरिएपनि अत्यधिक मत ल्याएर म्यान अफ दी इलेक्सन बनेको जिकिर गरे। चौतर्फी घेराबन्दीका बाबजुद एमालेले लोकप्रिय मत पाएकाले राष्ट्रको नेतृत्व गर्न सक्षम रहेको पोखरेलको दाबी छ।
वि.सं.२०७९ पुस ३ आइतवार १५:४४















