skip this farak Kura Pravakar

संसद् अधिवेशन संसद मार्फत् नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त भएको छ–दिनेश थपलिया

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आजबाट प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत सबै दायित्व निर्वाचन आयोगले पुरा गरेकाले अब संसद्को अधिवेशन आह्वानका लागि मार्गप्रशस्त भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् । समानुपातिकतर्फ निर्वाचितहरुलाई आइतबार प्रमाणपत्र वितरण गरेपछी प्रमुख आयुक्त थपलियाले अब आयोगको काम राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी तर्फ केन्द्रित हुने जानकारी दिएका छन् ।

ुहामीले निर्वाचनको प्रतिवेदन राष्ट्रपति र प्रदेशप्रमुखहरुसँग पेस गरिसक्यौं । आज प्रमाणपत्र पनि विरतण भइसक्यो अब सबै काम सकिएको छ । अब संसद् अधिवेशन संसद मार्फत् नयाँ सरकार निर्माण लगायतका कामका लागि मार्गप्रशस्त भएको छ थपलियाले भने । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले संघीय र प्रदेश संसद्हरु सुचारु भएपछि त्यसको प्राविधिक तयारी गर्ने उनले जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630