skip this

अध्यक्ष नेपालले दोहोरो नीति लिएको घनश्याम भुसालको आरोप

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नेकपा एमालेका नेता घनश्याम भुसालले आलोचना गरेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले दोहोरो नीति लिएको भुसालको भनाइ छ। प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउँदा माधवले विरोध गरेको तर पछि २० प्रतिशत सांसद भए पार्टी फुटाउन सक्ने अध्यादेशबाट पार्टी फुटाएको उनको भनाइ थियो।उनले अध्यक्ष नेपालले १० बुँदे सहमतिलाई लत्याएको पनि आरोप लगाएका छन्।

उनले सामाजि सञ्जाल मा लेखेका छन् , २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन,’ ‘ढिलो वा चाँडो, माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ।’

nijgadh-supermart-adz1200-630