एमालेको सचिवालय बैठक बस्दै, उप–निर्वाचनको उम्मेदवार टुंगो लगाउने
वि.सं.२०७९ चैत १८ शनिवार ११:२३
576
shares

काठमाडौं। आज उप–निर्वाचनको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।बैठक साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।
चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ–१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सचिवालय बैठकबाट टुंगो लाग्नेछ ।बारा – १ बाट को उठाउने भनेर पनि बैठकमा टुंगो लगाउने जनाइएको छ । बैशाख १० गते उप–चुनाव हुँदैछ ।
वि.सं.२०७९ चैत १८ शनिवार ११:२३

















