skip this

 भ्रष्टाचार बिरुद्ध आज देशैभरी प्रदर्शन गर्दै एकीकृत समाजवादी

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, २८ बैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीले आज भ्रष्टाचार बिरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको एकिकृत समाजवादीका नेता बिजय पौडेलले जानकारी दिएका छन् ।

‘यही बैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गरौं, पौडेलले भनेका छन, ‘जनबर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष हार्दिक अनुरोध गर्दछौ ।’उनका अनुसार हिजो माइतीघर मण्डलामा पनि पार्टीका भातृ संगठनले प्रदर्शन गरेका थिए ।

nijgadh-supermart-adz1200-630