फाईनल प्रवेशका लागि युनिटी भेट्रान वीरगञ्ज र फ्रिडम फाईटर काठमाडौं भिड्ने
वि.सं.२०८० असोज १२ शुक्रवार १०:५४

बारा–बाराको सिमरा रंगशालामा जारी तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनल प्रवेशको लागि शुक्रबार साँझ एक मात्र खेल हुँदैछ ।
युनिटी भेट्रान वीरगञ्ज र फ्रिडम फाईटर काठमाडौं फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् ।
युनिटि भेट्रान विरगञ्ज विहीबार साँझ भएको खेलमा कलकत्ता भेट्रान भारतलाई २–१ गोलले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको थियो ।
त्यसैगरि फ्रिडम फाईटर काठमाडौंले पोखराको इन्द्रेणी एकीकृत क्लबलाई ट्राइबे्रकरमा हराउँदै सेमीफाईनल यात्रा तय गरेको थियो ।
प्रतियोगिताको फाईनलमा आयोजक सिमरा भेट्रान क्लब पुगेको छ । आज विजयी हुने टिमसँग प्रतियोगिताको फाईनल भिडन्त सिमरासँग हुने छ ।
स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिए ।
वि.सं.२०८० असोज १२ शुक्रवार १०:५४

















