skip this

तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल : युनिटि भेट्रान वीरगञ्ज सेमीफाईनलमा प्रवेश

विदेशी टिम बाहिरिए

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–युनिटि भेट्रान वीरगञ्ज बाराको सिमरा रंगशालामा जारी तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को सेमीफाइनल प्रवेश गरेको छ ।

विहीबार साँझ भएको दोस्रो खेलमा कलकत्ता भेट्रान भारतलाई २–१ गोलले पराजित गर्दै युनिटी सेमीफाईनल प्रवेश गरेको हो । यसअघि प्रतियोगितामा फ्रिडम फाईटर काठमाडौं सेमीफाईनलमा पुगेको थियो । पोखराको इन्द्रेणी एकीकृत क्लबलाई ट्राइबे्रकरमा हराउँदै फ्रिडम फाईटर सेमीफाईनल प्रवेश गरेको हो ।

युनिटी भेट्रान वीरगञ्ज र कलकत्ता भेट्रान भारतबीचको खेलमा दोस्रो हाफको १२ औं मिनेटमा युनिटीले हेडमार्फत खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको २२ औं मिनेटमा लिलाराम मगरले टिमको लागि दोस्रो गोल गर्दै युनिटीले अग्रता दोब्बर बनाएको थियो ।

सुरुदेखि दबाबमा परेको कलकत्ताले खेलको इन्जुरी समयमा एक गोल गर्दै अग्रता घटाएको थियो ।

विदेशी टिम बाहिरिए

प्रतियोगितामा दुवै भारतीय टिम बाहिरिएको छ । प्रतियोगितामा भारतको दुई वटा टिमले प्रतिस्पर्धा गरेका थिए । खेलमा बंलादेशले प्रतियोगितामा सहभागिता जनाएन् ।

प्रतियोगितामा सहभागि भएको दार्जलिङ भेट्रान्स क्लब र क्लिबहाउस भेट्रान्स क्लब कलकत्ता पराजित हुँदै गरेको । दोस्रो संस्करणमा सेमिफाईनमा पुगेको कलकत्ता क्वाटरफाईनबाटै बाहिरिएको छ । चाबहिल भेट्रान काठमाडौंले दार्जलिङ भेट्रान क्लबलाई ३–० ले पराजित गरेको हो ।

स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिए ।

प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिबहाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्स क्लब, साविक उपविजेता चितवन भेट्रान्स क्लब, ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाण्डौ, फ्रिडम फाईटर भेट्रान्स क्लब काठमाण्डौ, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजकको सहभागिता रहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगितालाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाको चौबिस वटै वडा कार्यालय, हुलास स्टील, सुर्य नेपाल, नारायणी रोलिङ मिल, नविल बैंक, युआर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टील, अल्पाईन अस्पताल, एभरग्रिन तराई सिमरा अस्पताल, एलएस न्युरो अस्पताल वीरगन्ज, बारा जिल्ला फूटवल संघ, नव जनजागृति युवा क्लब, सुसप्त मेडिकल, युआर अटामेटिक लण्ड्री, सगरमाथा इन्स्योरेन्स, वर्डलिंकलगायतका संघसंस्थाको सहयोग रहेको प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630