skip this

अपडेट : चारजनाकाे भेन्टिलेटरमा उपचार हुँदै, काेठामा सुसाइड नाेट फेला

एक जनाकाे गएराती नै मृत्यु

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका स्थित रामकोटमा घरभित्र बेहोस अवस्थामा फेला परेका ५ जनामध्ये एक जनाको मृत्यु भएको छ भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

एक जनाको सोमबार राति नै मृत्यु भएको थियो। बेहोस अवस्थामा फेला परेलगत्तै प्रहरीले मनमोहन मेमोरियल अस्पतालमा तत्कालै पुर्‍याएको थियो । उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको हो।

६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान प्रधान, बुहारी ३५ वर्षीया इन्दिरा प्रधान र नातिनी ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भिर रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

डल्लु स्थायी घर भएका प्रधान परिवार गत कात्तिकमा मात्र रामकोटमा डेरा सरेका थिए। उनीहरु फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।
सुसाइट नाेट फेला
घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ। आर्थिक अवस्था बिग्रिएको, विरामी भएको लगायत विषय सुसाइड नोटमा उल्लेख रहेको स्रोतले जानकारी दिएकाे छ ।

nijgadh-supermart-adz1200-630