skip this

उषाले ल्याईन् आमाको नाममा मुक्तकसंग्रह माकुरी

2.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । उषाको प्रहर मुक्तक संग्रहकी लेखक उषा केसीको दोस्रो कृति बजारमा आएको छ । उषाले दोस्रो कृति मुक्तक संग्रह माकुरी बजारमा ल्याएकी हुन् । माकुरीको शुक्रबार एक समारोहका विच विमोचन गरिएको छ ।

आमा माकुरी पौडेलको ९० औं जन्मदिनको उपलक्ष्यमा आमाप्रति समपर्ण गरेर मुक्तक संग्रहण प्रकाशित गरेको लेखिका केसीले बताईन् । ‘मेरो लागि आमानै सबथोक हो,’ उषाले भनिन्–मेरो शिक्षा–दिक्षाका लागि आमाले माइती बसेरै भएपनि संघर्ष गर्नुभयो । ’

आमाको हातबाट कृति प्रकाशन गर्न पाउँदा गौरब महसुुस गरेको बताउँदै उषाले धेरै संघर्ष गरेर पुस्तक प्रकाशन गर्न सफल भएको सुनाईन् । साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरस्थित घरमै पुस्तक विमोचन गरिएको थियो ।

रत्नसागर प्रकाशन प्रा.लि.बाट प्रकाशित पुस्तकको नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोकलगायतले लोकार्पण गरेका थिए ।

तीन सय ३ वटा मुक्तक समावेश भएको संग्रहमा मुक्तकहरू चतुश्पदीय शैलीमा लेखिएका छन् । मुक्तकमा राजनीतिक विकृति, देशप्रेम, माया र आमालाई विषय बनाएको छ ।
वरिष्ठ साहित्यकार पवन आलोकले आमाप्रति समर्पित छोरीबाट धेरै कुरा सिक्नुपर्ने भन्दै कृतिको चर्चा गरेका थिए । कार्यक्रममा सहभागिले आमाप्रति समर्पित भएर आमाकै उपस्थितिमा घरमै कृति विमोचन भएको पहिलो घटना भएको धारणा राखेका थिए ।
साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ पत्रकार राजन कार्की र समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले समीक्षात्मक मन्तव्य राखेका थिए ।
त्यसैगरी साहित्यिक पत्रकार संघका सदस्य नियात्राकार डा. दामोदर पुडासैनी र साहित्यकार मुरारी सिग्देलले मन्तव्य राखेका थिए । कार्यक्रममा कविहरू निशा के.सी. र शान्ति शर्माले लोकार्पित कृतिबाट मुक्तकहरू वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरू रुकु कार्की, दिब्य गिरी, ललिता दोषी, विधान आचार्य, राजबाबु श्रेष्ठ सागर, ललिता दोषी, रुद्र पौडेल, रिता खत्री, राजन नेउपाने, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल, जानु धिताल, विमला अधिकारी, सावित्री श्रेष्ठ, नम्रता उप्रेती लगायत ५० जना भन्दा बढी सर्जकहरूको उपस्थिति रहेको थियो ।
आर्थिक सहयोग
कार्यक्रममा लेखिकाकी माता माकुरी पौडेलले फ्रेस नेपाल नामक सामाजिक संस्थाका लागि धन लोहारलाई १५ हजार ५ रुपैयाँ सहयोग प्रदान गरिन् ।

nijgadh-supermart-adz1200-630