skip this yams_Max_Hospital.jpeg

भिनिसियसको ह्याट्रिकमा रियललाई सुपर कप

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रियाद-भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले बार्सिलोनालाई हराउँदै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी बनेको हो ।

ब्राजिलियन विंगरले सुरुवाती १० मिनेटभित्र दुई गोल गर्दै कार्लो एन्चेलोटीको टोलीलाई साउदी अरबमा अग्रता दिलाएका थिए । उनले पहिलो गोलमा क्रिस्टियानो रोनाल्डोको शैलीमा खुसीयाली मनाएका थिए । खेलपछि उनले आफ्नो प्रेरणा रोनाल्डोलाई उक्त गोल समर्पित गरेको बताए ।

३३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि लगत्तै पेनाल्टीबाट गोल गर्दै भिनिसियसले आफ्नो ह्याट्रिक पुरा गरे ।

दोस्रो हाफमा रोड्रिगोले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । ७१ औँ मिनेटमा रोनाल्ड आरुहोले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेपछि बार्सा १० खेलाडीमा सीमित बनेको थियो ।

nijgadh-supermart-adz1200-630