skip this farak Kura Pravakar

जनकपुरमा मेयर उठ्दा जमानत जफत भएको १५ महिनामै संघीय मन्त्री बनिन् अनितादेवी

जनमतबाट समानुपातिक सांसद हुँदै भईन् प्रमुख सचेतक

3.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–जनमत पार्टीकी सांसद अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अनितालाई मन्त्री नियुक्त गरेका हुन् ।

जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

को हुन् अनितादेवी ?

जनकपुरकी अनितादेवी साह गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनिन् । उपमहानगरपालिकालाई भ्रष्टाचार मुक्त गर्ने संकल्प लिएर जनमत पार्टीको उम्मेदवा बनेकी अनिताले १५ बुदे घोषणा–पत्र जारी गरेकी थिईन् ।

स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडीले १३ हजार ४ सय ६५ मत ल्याएर विजयी हुँदा जनमतकी अनिताले १ हजार ४ सय ३७ मत ल्याउँदा जमानत जफत भयो ।

गत स्थानीय तहको निर्वाचन अघि जनमत पार्टीमा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेकी अनिता यसअघि गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन् । उनी जेल जीवन बिताइरहेका पूर्वमन्त्री सञ्जय साह ‘टकला’की बहिनीसमेत हुन् ।

जनमत पार्टीकी केन्द्रीय सचिव रहेकी अनितालाई मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक सूचीमा राख्यो । पहिलो पटक सहभागि भएको निर्वाचनमा जनमतले राष्ट्रिय पार्टीको रुपमा उदयो । बन्द सूचीको अग्रणी स्थानमा रहेकी अनिता समानुपातिक संसदमा चुनिएकी छिन् ।

संसदमा प्रभावकारी भूमिका खेल्दै आएकी अनिता ४ पुष २०७९ मा ससंसदीय दलको प्रमुख सचेतक चयन भईन् ।

अब्दुलले मन्त्री छाड्दा अफर

डा.सीके राउत नेतृत्वको जनमत पार्टीको सरकारमा सहभागि भएर पनि मन्त्रालयमा चित्त नबुझाएर फिर्ता भएको थियो ।

१० पुसमा प्रचण्डलाई समर्थन गरेको जमनतले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो । ११ पुसमा विना विभागीयमन्त्री बनेका खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उनले ११ माघमा पदभार सम्हालेका थिए ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले १७ चैत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

बाहिरिएको ४ महिनापछि अहिले पुनः सरकारमा जान लान लागेको जनमतले मन्त्रीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनिताको नाम बुझाईएको थियो ।

असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्ता गठबन्धनमा सहमति भइसकेको छ । जनमत पार्टीले अनिताको नाम २६ असारमै बालुवाटारमा बुझाएकोमा भोलिपल्टै प्रधानमन्त्रीपत्नी सीताको निधन भएपछि उनी नियुक्त हुन सकिनन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले नेतृत्व गर्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खाली गरेर अनितालाई मन्त्री नियुक्त गरिएको हो । त्यसका लागि माओवादीको पदाधिकारी बैठकले आईतबार नै मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

nijgadh-supermart-adz1200-630