काे हुन् प्रचण्ड क्याबिनेटका वन मन्त्री डा. वीरेन्द्र प्रसाद महतो ? [प्राेफाईल]
वि.सं.२०८० जेठ ११ बिहीवार १४:३१

काठमाडौं-प्रचण्ड क्याविनेटका वन मन्त्री हुन्, डा. वीरेन्द्र प्रसाद महतो । उनकाे नियुक्तसंगै प्रचण्ड क्याविनेटले पूर्णता पाएकाे छ ।
सरकार गठनकाे ५ महिनापछि सरकारले पूर्णता पाउँदा सत्ता घटक जसपाले डा. महताेलाइ वन मन्त्रीको लागि सिफारिस गरेकाे हाे । उनी जसपाभित्र प्रभावशाली नेता मानिन्छ ।
संविधानसभाका सदस्य (सभासद) समेत रहेका डा. महताे सिरहा ४ बाट निर्वाचित सांसद हुन् । डा. महतो एक उद्यमी र सामाजिक कार्यकर्ता हुन् । उनले बेलारुस राज्य अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।

डा. महतोको परिवारले शिक्षा, स्वास्थ्य र बैंकिङ क्षेत्रमा ठूलो योगदान पुर्याएको छ । डा. महतो नेपालकै प्रतिष्ठित व्यवसायी एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको भाइ हुन् ।
उनी माछापुच्छ्रे बैंकका पुर्व अध्यक्ष हुन् । मंसिर ४ गते भएकाे निर्वाचनमा डा.विरेन्द्र महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि बैंक तथा वित्तीय संस्थाकाे अध्यक्ष वा सञ्चालक बन्न नपाइने कानुनी व्यवस्था अनुसार बैंककाे अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

पहिलो प्रतिवद्वता यस्तो
नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधवार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कुहिए जाने काठहरुलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए । उनले नेपालमा कुहिएर जाने काठहरुको कानुनअनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्नसक्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।
वि.सं.२०८० जेठ ११ बिहीवार १४:३१
















