skip this farak Kura Pravakar

शरणार्थी प्रकरण, बयानकै आधारमा पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बयानकै आधारमा नाम लिइएका व्यक्तिलाई पक्राउ गर्न नसकिने बताएका छन् ।बिहीबार एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ८ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने जवाफ दिएका हुन् ।

तर, नाम लिइएका व्यक्तिमाथि भने अनुसन्धान भइरहेको उनको भनाइ छ । प्रहरीलाई राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गर्न निर्देशन दिएको उनको भनाइ छ ।

nijgadh-supermart-adz1200-630