नेपाल तामाङ घेदुङ मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, बाराबाट चार जना सर्वसम्मत चयन
वि.सं.२०८२ असार ८ आइतवार १७:०३

बारा-नेपाल तामाङ घेदुङ मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनमार्फत बारा जिल्लाबाट चार जना सर्वसम्मत भएका छन् । वरिष्ठ उपाध्यक्षमा सुन माया लोप्चन र सदस्यहरूमा मंगले लोप्चन, ज्ञान बहादुर थिङ तथा कुमार बहादुर मोक्तानलाई सर्वसम्मत रूपमा चयन गरिएको छ।
सर्लाहीको हरिवनस्थित सम्राट पार्टी प्यालेसमा सम्पन्न उक्त अधिवेशनमा मधेस प्रदेशका आठवटै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक, तामाङ समुदायका बुद्धिजीवी, सामाजिक अगुवा तथा घेदुङ अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाल तामाङ घेदुङका मधेस प्रदेश अध्यक्ष यम लाल गोलेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संघीय अध्यक्ष माेहन गोले प्रमुख अतिथि रहेका थिए । सोही अवसरमा नेपाल सरकारका पूर्व रक्षामन्त्री तथा प्रतिनिधि सभा सदस्य हरि उप्रेतीकाे विशिष्ट अतिथ्यता रहेकाे थियाे ।
मञ्चमा संघीय सह-अध्यक्ष कुमार घिसिङ, वरिष्ठ उपाध्यक्ष रामकृष्ण भ्लोन, उपाध्यक्ष धर्म डुम्जन तामाङ र सोम बले तामाङ, जिल्ला समन्वय विभाग प्रमुख सचिव गोमनसिं रुम्बा तामाङ, मधेस प्रदेश सांसद जबारिलाल कुशवाहा, संविधानसभा सदस्य प्रकाश पाख्रीन, हरिवन नगरपालिका मेयर श्री कुमार बुढाथोकी, उपमेयर हरिमाया घलान, सामाजिक अभियन्ता सुरेन्द्र लामा, आदिवासी जनजाति प्रतिष्ठानका सदस्य सोनी बम्जन र सरिता घिसिङ, बागमती प्रदेश प्रमुख लिला घलान तथा सर्लाही जिल्ला इञ्चार्ज जयमान पाख्रीन लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनको बन्द सत्रबाट सर्वसम्मत निर्णय अनुसार सञ्जिव मोक्तान तामाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ मधेस प्रदेश कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा सुनमाया लोप्चन, चन्द्रबहादुर मोक्तान, अष्ट बहादुर लोप्चन, मुख्य सचिवमा बालकुमार रुम्बा तामाङ, सचिवमा कृष्ण तामाङ लगायतको चयन गरिएको हो ।
नयाँ कार्यसमिति चयन भएपछि उपस्थित प्रतिनिधिहरूले नव-निर्वाचित टोलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
वि.सं.२०८२ असार ८ आइतवार १७:०३
















