लोकप्रसाद न्यौपानेको नेतृत्वमा लायन्स क्लब अफ निजगढको नयाँ कार्यसमिति चयन
वि.सं.२०८२ जेठ १८ आइतवार ०७:५५
2.02K
shares

बारा–लायन्स क्लब अफ निजगढको नयाँ कार्यसमिति गठन भएको छ ।
शनिबार साँझ आयोजना बैठकले सर्वसम्मत रूपमा लोकप्रसाद न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
क्लबको नयाँ प्रेसिडेन्टमा लोकप्रसाद न्यौपाने, प्रथम भिपीमा कैलाशबहादुर तिमल्सिना, द्वितीय भिपीमा नवराज शर्मा, सेक्रेटरीमा प्रभातकुमार सिग्देल, ट्रेर्यजरमा रामचन्द्र जयसवाल चयन भएको लायन दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
तेस्रो कार्याकाल पुरा गरेका प्रेसिडेन्ट अरुण सराफले नयाँ टोलीलाई अध्यक्ष पद हस्तान्तरण गरे ।
नयाँ कार्यसमितिको कार्यकाल आगामी जुलाई १ देखि औपचारिक रूपमा सुरु हुनेछ ।
बैठकमा क्लबका पूर्व अध्यक्षहरू, वरिष्ठ सदस्यहरू तथा लायन्स संगठनसँग आबद्ध विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ जेठ १८ आइतवार ०७:५५
















