डम्बरपुरमा जंगली हात्ती पसेर बालीमा क्षति पुर्याएपछि.. (भिडियोसहित)

वि.सं.२०८१ भदौ २ आइतवार ०८:१२
981
shares

बारा– बाराको निजगढ–१३ मा जंगली हत्तीको बथान पसेर एक विगाहा भन्दा बढी जमिनमा लगाईएको व्यवसायिक केरा खेती, मकै र धान बालीमा क्षती पुर्याएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले बाली क्षति पुर्याउन थालेपछि स्थानीय किसान पीडित बनेको निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले बताए ।
उनले निकुञ्ज प्रशासनले हात्ती नियन्त्रणका लागि वेवास्ता गरेको गुनासो गरे । उनले किसानको क्षतिको विषयमा निकुञ्जको कार्यालयमा पुगेर ध्यानाकषर्ण गराएका छन् ।
भिडियो हेर्नुस् :

वि.सं.२०८१ भदौ २ आइतवार ०८:१२