खण्डन : मेरो नितान्त व्यक्तिगत विचार हो : बालाराम खड्का
वि.सं.२०८१ भदौ २ आइतवार ०९:३२

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकृतस्तर छैठौंमा कार्यरत बालाराम खड्काले फरक नेपाल डट कम ११ साउनमा प्रकाशित “टिप्पणीः नगर सभा साईड ईफिल्ट मेयर र हाकिम विरुद्ध चारित्रिक हमला। साईबर क्राईम कानून आकर्षित“ नामक शिर्षकको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
समाचारमा उनको फेसबुक वालबाट सार्वजनिक गरेको “कुनै व्यक्ति प्रति अन्धभक्त आशक्ति हुनुमा दुई कारण हुन्छनः १. यौन सम्बन्ध, २. आर्थिक सम्बन्ध ।“ विषयप्रति उनले गम्भिर ध्यानाकर्षण भएको र त्यसप्रति खण्डन समेत प्रेशित गरेका छन् ।
उनले प्रेस काउन्सिल नेपालमा समेत पत्रचार गरेका थिए । उनको पत्रपछि काउन्सिलले फरक नेपाल डक कमलाई खण्डन प्रकाशन गरेर जानकारी गराउन भनेको छ ।
उनको खण्डन यस्तो छ :
तपाई सम्पादक रहेको “फरक नेपाल अनलाईन खबर“ पत्रिकाबाट मिति २०८१÷०४÷११ गते दिनको १४ः३१ बजे प्रकाशित “टिप्पणीः नगर सभा साईड ईफिल्ट मेयर र हाकिम विरुद्ध चारित्रिक हमला। साईबर क्राईम कानून आकर्षित“ नामक शिर्षकको समाचार प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त सामाचार सामाग्रीका सम्बन्धमा मेरो देहाय अनुसार बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध छ।
देहायः
प्रकाशित सामाग्रीमा मैले मेरो फेसबुक वालबाट सार्वजनिक गरेको “कुनै व्यक्ति प्रति अन्धभक्त आशक्ति हुनुमा दुई कारण हुन्छनः १. यौन सम्बन्ध, २. आर्थिक सम्बन्ध ।“ भन्ने पोष्टलाई स्क्रिन सट गरी अनुमानको भरमा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीचको सम्बन्धको सांकेतिक भनाई हो भन्दै मलाई साईबर क्राईम कानुन आक्रसित हुने भनी धम्की सहितको कपोकल्पित सामाचार प्रकाशित भएको रहेछ । उक्त विषय मेरो नितान्त व्यक्तिगत विचार हो, मेरो घर रुकुम पश्चिम हो, जीतपुरसिमरा उपमहानगरपालिका बारा मेरी कार्यथलो हो यहाँ मेरो घर जग्गा आफन्त केहि छैन छ त केवल कार्यालय र कानूनले तोकेको कार्यविवरण र सोही बमोजिमको कार्य जिम्मेवारी । यसर्थ सामाचारमा उल्लेखित विषय बमोजिमको जिम्मेवारीमा म कहि कतै छैन । मेरा विचार मेरा अभिव्यक्ति मेरा नितान्त व्यक्तिगत हुन । मेरो पनि यहाँको जस्तै पालिका छ, मेरो पनि परिवार समाज छ र सोही बमोजिमको भोगाई छ । जुन पोष्टमा मैले न सन्दर्भ, न स्थान विषेश न त व्यक्ति विषेश ईकित गरेको छु। छु त केवल सत्य कुरा यथार्त कुरा वास्तविक कुरा जुन कुरा पुराना विद्धानका भनाई र पुस्तकमा समेत उल्लेख भएका कुरा सामाजमा सामाजिक संजालबाट सार्वजनिक गर्दा मैले के अपराध गरे ? सोही कुराको पोष्ट सामाजिक संजालमा सार्वजनिक गर्दा मैले कुन कानून आक्रसित भएर म सजायको भागिदार हुन्छु ? यस्तो विषयमा सामाचार तयार गरी प्रकाशीत गर्नु के कानून सम्मत् छ ? मेरो बोल्न पाउने मौलिक हक विरुद्धको सामचार यो हो या होईन ? लेखक निवन्धकार कथाकार उपन्यासकार चलचित्र निर्माताले भनेका भनाई लेखेका लेखाई तयार गरेका सामाग्रीहरु कसैको जीवनमा मेल खाने भएमा दोष कसको ? कि मैले लैगिक विभेदकारी अभिव्यक्ति सार्वजनिक गरे ? कि कुनै समुदाय विशेष जातजाती विशेष लिङ्ग विशेष धर्म विशेष व्यक्ति विषेश कुरा सार्वजनिक गरे ? सत्य वास्तविक र यथार्थपरक जुन सर्वस्वीकार्य छ त्यो कुरा उठान गर्न नपाउनु वाक स्वतन्त्रताको हनन होईन ? यस्तो विषयलाई जिम्मेवार र सम्बेदनशिल व्यक्तिको जीवनमा प्रभाव पर्ने गरी सामाचार तयार गरी प्रकाशित गर्नु कानून सम्मत छ त ? मेरी पोष्ट सामाचारमा भने बमोजिमको सन्दर्भमा नै हो भन्ने कुराको प्रमाण के छ ? मैले त्यो ठाउमा नोकरी खाए कै भरमा त्यही ठाउको बारेमा बोल्यो भन्ने आकलनको आधारमा सामाचार तयार गरी प्रकाशित गर्न पाईन्छ या पाईदैन ? यस समाचारले मैले भोग्नु परेको यातना, मैले भोग्नु परेको मानसिक तनाव, यसै समाचारका कारणले मेरा विग्रेका सम्बन्ध, मेरो चरित्र हत्या, मेरा विरुद्ध भएका टीकाटीप्पणी, मलाई आएका धाकधम्कीबाट मेरो ज्यूधनको सुरक्षा तपाई सम्पादकले के कसरी गर्नु हुन्छ ? यसमा तपाई जिम्मेवार रहनु पर्छ कि पर्दैन ? आशंका आकलन अनुमान र कसै कसैले भने कै भरमा सामाचार बनाउन पाईन्छ या पाईदैन ? यस सम्दर्भमा मेरो गम्भिर ध्यानाकर्षण सहितको खण्डन भएकाले मेरो व्यक्तिगत विचारलाई आशंका आकलन र अनुमानको भरमा मेरो अनुमति विना मेरो पोष्टको स्क्रिन सट गरी सोही स्क्रिन समेत उल्लेख गरेर सामाचार बनाई प्रकाशित गरेकोले सम्पादकले आफ्नो अनलाईन खबर मार्फत क्षमा यचना सहित यस सामाचारले मलाई परेको प्रभाव र असर प्रति जिम्मेवार भई अबका दिनमा यस्तो अनुमानित सामाचार नबनाउने प्रतिवद्धता सहित खण्डन गर्नु हुन ।
वि.सं.२०८१ भदौ २ आइतवार ०९:३२

















