skip this

बारामा बाघको आक्रमणबाट युवकको मृत्यु

अस्पतालतर्फ लैजाने क्रममा बाटोमा मृत्यु

11.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको कोल्हवीस्थित वन क्षेत्रमा बाघको आक्रमणमा परि एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका ३१ वर्षिय सुरेश मगरको रहेका छन् ।

कोल्हवी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन क्षेत्रमा घाँस काट्न गरेका सुरेशलाई सोमबार दिउँसो ३ बजे बाघले आक्रमण गरेर गम्भिर घाईते बनाएको थियो ।

ईलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरीका अनुसार गम्भिर घाईते सुरेशलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । मृतकको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630