skip this

लागू औषध खैरो हिरोइन सहित १ जना मानिस पक्राउ

1.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको जितपुरसिमरा–२१ अमलेखगंजस्थित त्रिभुवन राजमार्गमा इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट खटिएको प्रहरी टोलीले लागू औषध खैरो हिरोइन बरामद् गरेको छ ।

वीरगञ्जबाट हेटौडातर्फ जादै गरेको ना.१.ज.२०८६ न. को टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा सुमोमा सवार देश भारत गोरखपुर खजुरी ग्राम पंचायतका ६० वर्षिय संतोष कुमार त्रिपाठीको साथबाट खैरो हिरोइन बरामद् भएको हो ।

उनको दुबै खुट्टामा २÷२ पोका गरी ४ पोका ईलास्टिकले बाँधी लुकाई छिपाई राखेको अवस्थामा दुई सय ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई कानून बमोजिम बरामद तथा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट लागू औषध सम्बन्धि कसुर शिर्षक मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भई रहेको छ ।
साथै उक्त ना.१.ज.२०८६ न. को टाटा सुमो तथा सो का चालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान समेत भई रहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630